‘गाँजाको कपडा लगाउन हुने तर खान किन नहुने ?’

नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले गाँजा खेतीका निम्ति तत्काल कानुन बनाउन माग गरेका छन् । मंगलबार (भदौ २) प्रतिनिधसभा बैठकमा उनले गाँजा खेतीलाई यसअघि नै मान्यता दिइएको भए अर्थतन्त्र सुदृढ भइसक्ने धारणा राखे ।

“गाँजा खेतीको कानुन बनाऊँ । विधिसम्मत सञ्चालनको वातावरण बनाउनका निम्ति आग्रह गर्छु,” उनले भने ।

उनले गाँजा खेतीबारे गण्डकी प्रदेश सरकारले कानुन बनाउँदा त्यहाँका जनता उत्साही भएको बताए ।

गाँजा खेतीका विषयमा आफूले वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा बोल्दा सरकारले ‘ठाडो कान’ नलगाएको उनले गुनासो समेत गरे ।

एक सांसदले गाँजाबाटै बनाइएको कपडा लगाएर संसद् बैठकमा आउने गरेको उनले उल्लेख गरे । “कपडा लगाउन हुने, गाँजा खेती गर्न नहुने ?,” उनले भने ।

प्रतिक्रिया