रविले किन बोलाए मन्त्री र सांसदहरुसहितको बैठक ?

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सरकार र पार्टीका सांसदहरूबीच नै असमझदारी देखिन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज मन्त्रीहरूसहित राखेर अन्तर्क्रिया गर्ने भएको छ ।

बुधबार बिहान ११ बजे संसदीय दलको कार्यालयमा हुने अन्तर्क्रियामा पार्टी सभापति रवि लामिछानेले उनीहरूलाई निर्देशन दिनेछन् ।

बैठकमा पछिल्लो समय सरकार र पार्टीका सांसदहरूबीच बढिरहेको असमझदारी लगायतका गतिविधिमाथि समीक्षा हुने एक नेताले बताए ।

एक नेताका अनुसार संसदीय अनुशासनको विषयमा प्रश्न उठेका सांसदहरूलाई सचेत गराइने छ ।

प्रतिक्रिया