नाइमा एक्स्पोमा आकर्षण बन्दैछ याडिया ईभी

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पो २०२६ मा कुजु नेपालले याडिया ब्राण्डका तीनवटा नयाँ इलेक्ट्रिक स्कुटरहरू सार्वजनिक गरेको छ ।

कम्पनीका डिलर सेल्स म्यानेजर दिपेश काफ्लेका अनुसार नेपाली बजारमा रिसेन्टली नै जिटी ७०, जिटी८० र जिएस७० मोडलका इलेक्ट्रिक स्कुटरहरू भित्र्याइएको हो । यी नयाँ मोडलहरूमध्ये जिटी ७०, ले प्रतिचार्ज १०५ किलोमिटर र स्पोर्टियर लुक्ससहितको जिटी८० ले १५० किलोमिटरको रेन्ज प्रदान गर्दछन् ।

लामो दुरी यात्रा गर्न चाहने ग्राहकहरूका लागि लक्षित गरी ल्याइएको जिएस७० ले भने २२० किलोमिटरभन्दा बढीको उत्कृष्ट रेन्ज दिने कम्पनीले जनाएको छ । जिटी८० मोडलमा रोबोटिक्स थिममा आधारित ‘मेका डिजाइन’ प्रयोग गरिएको छ र यी स्कुटरहरू नेपालको अफरोड तथा पानी जमेको सडकमा समेत सफलतापूर्वक परीक्षण गरिसकिएका छन् ।

याडियाले स्कुटरका साथै १५० किलोमिटर रेन्ज र एलएफपी ब्याट्री जडित केनेस इलेक्ट्रिक बाइक पनि प्रदर्शनीमा राखेको छ । यसका साथै १०० किलोमिटर रेन्ज भएको ‘भ्यालेक्स’ मोडल २ लाख ८० हजार रुपैयाँको बजेट रेन्जमा उपलब्ध गराइएको छ ।

हब मोटर प्रविधिका कारण प्रारम्भिक गुडाइमा उत्कृष्ट टर्क प्रदान गर्ने यी स्कुटरहरू खरिद गर्न चाहने ग्राहकका लागि कम्पनीले शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा उपलब्ध गराएको छ ।

काठमाडौँ उपत्यकाभित्र नागपोखरीमा आफ्नै मुख्य सर्भिस सेन्टरका साथै पाटन, बालकुमारी र कालोपुलमा पनि आधिकारिक सर्भिस नेटवर्क रहेकाले बिक्रीपछिको सेवामा ग्राहकलाई कुनै कठिनाइ नहुने दाबी कम्पनीको छ ।

प्रतिक्रिया