इरान-अमेरिका युद्ध : रित्तिँदै तेल भण्डार

इरानमाथि जारी युद्धका बिच रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुजमाथिको नियन्त्रणलाई लिएर अमेरिका र इरानले परस्पर विरोधी दाबी गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले स्ट्रेट अफ होर्मुजमाथि ‘पूर्ण नियन्त्रण’ कायम गरेको दाबी दोहोर्‍याएका छन्। तर, होर्मुज हुँदै हुने व्यावसायिक जहाजको आवतजावत भने एक सातायताकै न्यून अवस्थामा पुगेको छ।

यसैबिच, तेहरानले आफ्नो अडान कायमै राख्दै अमेरिकासँगका माग पूरा नभएसम्म होर्मुज बन्द रहने जनाएको छ। इरानले अमेरिकासँगको युद्ध अन्त्य गर्नुअघि आफ्नो सुरक्षा सुनिश्चित हुने ग्यारेन्टी, आर्थिक प्रतिबन्ध फुकुवा तथा अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य हुनुपर्ने माग अघि सारेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार