कांग्रेस उपसभापति चीन जाँदै

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा सोमबार राति चीन भ्रमणमा गएका छन् । पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार उनी राति साढे ११ बजे चीन प्रस्थान गर्न लागेका हुन्।

उपसभापति शर्मा कुनै औपचारिक सरकारी वा पार्टीगत टोलीको नेतृत्व नगरी व्यक्तिगत निमन्त्रणामा चीन गएका हुन् । यस भ्रमणमा उनीसँग अरू कोही पनि सहभागी नहुने र उनी एक्लै त्यसतर्फ जान लागेको स्रोतले जानकारी दियो।

उनको भ्रमण व्यक्तिगत भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार