जनचाहना पुराना दलमा देखियो : बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो समयपछि नेपाल फर्किँदा विमानस्थलमा देखिएको भव्य स्वागतले एउटा सकारात्मक राजनीतिक सन्देश दिएको बताएका छन्।

देउवालाई आज कांग्रेसका इतर पक्षका शीर्ष नेताहरूले बाजागाजासहित स्वागत गरेका थिए।

उक्त स्वागतपछि उनले भनेका छन्, ‘विगत एक वर्षदेखि बिथोलिएको नेपालको राजनीति अब क्रमशः ‘कोर्स करेक्सन’को दिशामा अघि बढ्नुपर्छ भन्ने जनचाहना बलियो हुँदै गएको अनुभूति भएको छ।’

राजनीतिमा स्थायित्व, लोकतान्त्रिक मूल्य र अनुभवी नेतृत्वप्रतिको जनविश्वास अझै जीवित भन्ने कुराले देउवाको स्वागतमा देखिएको भिडले देखिएको उनको बुझाइ छ।

प्रतिक्रिया