कर्णाली नदीले सतर्कता तह पार

काठमाडौं । कर्णाली नदीले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ९:०५ बजेको तथ्यांकअनुसार कर्णाली नदी (बेनीघाट) ले अछाम जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।

महाशाखाले नदीमा जलसतह बढ्दो क्रममा रहेको पनि जानकारी दिएको छ ।

साथै तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने स्थानका बासिन्दालाई बेलुकासम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया