सर्वोच्चद्वारा ट्रम्पको हुलाकमार्फत हुने मतदानमाथिको प्रतिबन्ध अस्वीकार

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले हुलाकमार्फत हुने मतदानमा कडा नियम लागू गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको योजनालाई अघि बढाउन रोक लगाएको छ। आगामी मध्यावधि चुनावअघि मतदान प्रक्रियामा परिवर्तन ल्याउने ट्रम्प प्रशासनको प्रयासलाई अदालतको निर्णयले धक्का दिएको हो।

सोमबार परम्परावादी न्यायाधीशहरूको बहुमत रहेको सर्वोच्च अदालतले अमेरिकी जिल्ला न्यायाधीश इन्दिरा तलवानीले जारी गरेको आदेश खारेज गर्न अस्वीकार गरेको हो। तलवानीले ट्रम्प प्रशासनले प्रस्ताव गरेको हुलाक मतदानसम्बन्धी नयाँ नियम कार्यान्वयनमा रोक लगाउँदै निषेधाज्ञा जारी गरेकी थिइन्।

ट्रम्प प्रशासनले हुलाकमार्फत हुने मतदानमा व्यापक धाँधली हुने दाबी गर्दै मध्यावधि चुनावअघि नयाँ नियम लागू गर्न खोजेको थियो। तर डेमोक्र्याट नेतृत्वका राज्यहरू तथा मतदान अधिकारसम्बन्धी समूहहरूले उक्त योजनालाई असंवैधानिक भन्दै विरोध गरेका थिए। उनीहरूले नयाँ नियमले मतदानको अधिकार र लोकतान्त्रिक प्रक्रियामै गम्भीर असर पार्न सक्ने दाबी गर्दै अदालतमा चुनौती दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार