काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग लामो दूरीका आक्रमण रोक्ने प्रस्ताव अस्वीकार गरेका छन्। उनले कालिनिनग्रादमाथि प्रत्यक्ष खतरा उत्पन्न भए परमाणु हतियार प्रयोग गर्न सकिने चेतावनीसमेत दिएका छन्।
बिहीबार मस्कोमा आयोजित भल्दाई राजनीतिक मञ्चमा बोल्दै पुटिनले युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण रोक्ने र त्यसको बदलामा रुसले युक्रेनी जहाजमाथि हमला नगर्ने प्रस्तावलाई ‘हास्यास्पद’ बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच सेप्टेम्बर २२ मा भएको भेटपछि यस्तो प्रस्ताव अघि सारिएको थियो।
पुटिनले रुसले युक्रेनका ऊर्जा पूर्वाधारमा आक्रमण गरिरहेको स्वीकार गर्दै युक्रेनी आक्रमणका कारण रुसी अर्थतन्त्रमा करिब १ प्रतिशत असर परेको दाबी गरे।
उनले रुस वार्तामार्फत युद्ध अन्त्य गर्न इच्छुक रहेको बताउँदै युद्धपछि युक्रेनलाई तटस्थ राष्ट्रका रूपमा हेर्न चाहेको उल्लेख गरे।





प्रतिक्रिया