डिजेल निर्यात रोक्ने ट्रम्पको संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा डिजेल अभाव देखिएपछि युरोपेली देशहरूलाई आफ्नो भण्डारको केही हिस्सा बजारमा पठाउन आग्रह गर्न सकिने बताएका छन्।

अमेरिकाले डिजेल निर्यातमा प्रतिबन्ध लगाउने सम्भावना व्यक्त गरिरहेका बेला ट्रम्पको यस्तो भनाइ आएको हो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि आवश्यक परे युरोपले आफ्नो डिजेल भण्डार खुला गर्नुपर्ने बताएका छन्।

इरान युद्धका कारण इन्धनको मूल्य बढिरहेका बेला अमेरिकाले निर्यात रोक्ने चेतावनी दिएको हो। अमेरिकाले दैनिक १२ लाखदेखि १५ लाख ब्यारेल डिजेल निर्यात गर्दै आएको छ।

अमेरिकी निर्यात रोकिए विश्व बजारमा डिजेलको आपूर्ति घटेर मूल्य थप बढ्न सक्ने विशेषज्ञहरूले चेतावनी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार