नयाँ पार्टीबाट केही सिक्न बाबुरामको अनुरोध

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि दीर्घकालीन योजना बनाएर त्यसको कार्यान्वयनमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भट्टराईले देश विकासका लागि छुट्टै राष्ट्रिय योजना आवश्यक रहेको बताए ।

मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनले छोटो समयमै ग्लोबल साउथबाट ग्लोबल नर्थतर्फ फड्को मारेको उदाहरण दिँदै उनले नेपालले पनि आगामी २० वर्षमा विकसित राष्ट्रको स्तरमा पुग्ने लक्ष्यसहित योजना बनाउनुपर्ने बताए ।

‘अहिले पनि समय छ, सबैले सोच्नुस् । अरू देश कसरी विकास भए ? हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर, चीनहरू ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने ?’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार