महाधिवेशनको निमन्त्रणालाई लिएर किन रिसाए देउवा ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा पूर्वसभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । उनका स्वकीय सचिव भानु देउवाले सो जानकारी दिएका हुन् ।

कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीसहितको टोली शनिबार साँझ चुनदेवीस्थित देउवा निवास पुगे पनि घरमा कोही नभएका बेला निमन्त्रणा पत्र छाडेर फर्किएको पाइएको छ । भानु देउवाले निमन्त्रणा दिन तीन–चार दिनअघि नै आउनुपर्ने भन्दै असन्तुष्टि जनाएका छन् ।

यसैबीच, देउवा पक्षले मंसिरमा गर्ने गरी घोषणा गरेको महाधिवेशनअन्तर्गत वडा अधिवेशन भने जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार