कैला जुंगा र काला कपाल भएकाले देश बनाउने छनक छैन : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक एवं संरक्षक रेमशलाल चौधरीले नयाँ पुस्ताका नेताहरूले पनि देश निर्माणको स्पष्ट संकेत दिन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै चौधरीले विगतमा कपाल फुलेका नेताहरूले देश बिगारेको आरोप लाग्ने गरे पनि अहिलेका युवा नेताहरूबाट पनि अपेक्षाअनुसार काम हुने संकेत नदेखिएको बताए ।

उनले कांग्रेस सभापतिका रूपमा अगाडि रहेका गगन थापालाई लक्षित गर्दै आफू उनलाई विश्वास गर्ने व्यक्ति भएको बताए । ‘हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे । अहिले कैला जुंगा भएका, पूरै कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएका छैनन्,’ उनले भने ।

यद्यपि, चौधरीले गगन थापासहित अहिलेको पुस्ताका नेताहरूले देश बनाउने विश्वास अझै रहेको बताए । ‘अब आधाआधि कपाल फुलेको, गगनजीको जस्तो १०–२० वटा दाह्री फुलेको, ५०–६० वटा कपाल फुलेको यो नेताले देश पक्कै बनाउँछ भन्ने विश्वास छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार