एकीकृत समाजवादीको महाधिवेशनको तयारी पूरा

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । भोलि देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने महाधिवेशनका लागि आवश्यक तयारी पूरा भएको हो ।

भोलि राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक प्रतिवेदनमा छलफल हुनेछ ।

महाधिवेशनका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिए ।

ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनको भनाइ थियो । पत्रकार सम्मेलनमा सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट पारित हुने वैचारिक दृष्टिकोण तथा कार्यक्रमका आधारमा नेतृत्व चयन गरिने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार