काठमाडौँ । मुक्तिनाथ विकास बैंक फोनपेले आयोजना गरेको ‘फोनपे अनर्स’ कार्यक्रममा तीनवटा अवार्डबाट सम्मानित भएको छ।
बैंकले फोनपे डाइरेक्ट कारोबार, फोनपे क्यूआर भुक्तानी र क्यूआरमार्फत हुने व्यावसायिक कारोबारमा उत्कृष्ट प्रदर्शन गरेबापत तीन विधामा अवार्ड प्राप्त गरेको हो।
बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इसुअर)’, ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (इसुअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (एक्वायरर)’ विधामा अवार्ड पाएको जनाएको छ।
फोनपे डाइरेक्टतर्फ बैंकको मोबाइल एपबाट सबैभन्दा धेरै रकम स्थानान्तरण भएको, फोनपे क्यूआरतर्फ मोबाइल एपमार्फत सबैभन्दा धेरै भुक्तानी भएको र क्यूआर मर्चेन्टमार्फत सबैभन्दा धेरै कारोबार भएको आधारमा बैंकले अवार्ड प्राप्त गरेको हो।
डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन तथा विस्तारमा बैंकले पुर्याएको योगदानको कदरस्वरूप अवार्ड प्राप्त भएको बैंकले जनाएको छ। यस उपलब्धिले आगामी दिनमा अझ सहज, सुरक्षित र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्न थप प्रेरणा मिल्ने बैंकको विश्वास छ।
यस उपलब्धिमा साथ र सहयोग गर्ने सम्पूर्ण ग्राहक, साझेदार संस्था तथा कर्मचारीप्रति बैंकले आभार व्यक्त गरेको छ।


प्रतिक्रिया