काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नै स्वामित्वमा स्थायी केन्द्रीय कार्यालय निर्माण गर्न घरजग्गा खरिदका लागि प्रस्ताव आह्वान गरेको छ ।
पार्टीले बढ्दो सांगठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वलाई ध्यानमा राख्दै घरधनी तथा जग्गाधनीसँग प्रस्ताव माग गरेको हो ।
रास्वपाले सार्वजनिक गरेको सूचनाअनुसार काठमाडौं उपत्यकाभित्र चक्रपथसँग जोडिएको कम्तीमा ३ रोपनी जग्गा आवश्यक पर्नेछ । कार्यालयसम्म सहज आवागमन, पर्याप्त भौतिक पूर्वाधार र उपयुक्त वातावरण भएको घर वा जग्गा हुनुपर्ने मापदण्ड तोकिएको छ ।
इच्छुक घरधनी तथा जग्गाधनीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रस्ताव पेस गर्नुपर्नेछ ।
गत असोज १७ गते बसेको केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय कार्यालय आफ्नै स्वामित्वको स्थायी संरचनामा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । हाल रास्वपाको केन्द्रीय कार्यालय काठमाडौंको वनस्थलीस्थित भाडाको घरबाट सञ्चालन हुँदै आएको छ ।




प्रतिक्रिया