काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । चालू आवको साउन र भदौ महिनामा बैंकहरुको नाफा ७.३२ प्रतिशतले बढेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुइ महिनासम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरुले १७ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएका छन् । जबकि गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले १६ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएका थिए ।
यस अवधिमा १३ वटा बैंकको नाफा बढ्दा ७ बैंकको नाफा घटेको छ । प्रतिशतका आधारमा हिमालयन बैंकको नाफा सबैभन्दा बढी (५५.१३) प्रतिशतले बढेको छ ।
सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ । यस बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रोमा रहेकाे ग्लोबल आइएमई बैंकले भदौसम्म १ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
सर्वाधिक नाफा कमाउनेको तेस्रो नम्बरमा रहेको प्राइम कमर्सियल बैंकले १ अर्ब १४ करोड नाफा कमाउँदा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।




प्रतिक्रिया