काठमाडौं । नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियानअन्तर्गत नेताहरूलाई विभिन्न प्रदेश र जिल्लाको जिम्मेवारी दिएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सुरु भएको उक्त अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटिइसकेको कांग्रेसले जनाएको छ ।
अभियानलाई थप प्रभावकारी बनाउन कांग्रेसले फरक–फरक जिल्लामा फरक–फरक समुदायको बिचमा पुग्न र संवाद गर्न नेताहरूलाई खटाएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै जनाएका छन् ।
कुन नेता कहाँ खटिए ?
डा.शेखर कोइराला– झापा र सुनसरी
डा. नारायण खड्का– सङ्खुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा
बलबहादुर केसी.– मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुङ्गा र उदयपुर ।
प्रकाशमान सिंह– मधेसको महोत्तरी, सिराहा, सप्तरी र धनुषा तथा बागमतीको सिन्धुली र मकवानपुर ।
महालक्ष्मी उपाध्याय ‘डिना’ – बारा, पर्सा, रौतहट र सर्लाही तथा बागमतीको धादिङ र चितवन
डा.मिनेन्द्र रिजाल– काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा ।
पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा
महेन्द्र यादव– तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर
प्रदीप पौडेल– कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ
विमलेन्द्र निधि– रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा
डा.डिला सङ्ग्रौला – कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम ९पूर्व०, बर्दिया, प्युठान र नवलपरासी
डा.शशाङ्क कोइराला – दैलेख, सल्यान र सुर्खेत
भीष्मराज आङ्देम्बे– कैलाली, डोटी, अछाम, बझाङ, डडेलधुरा, दार्चुला, बैतडी र कञ्चनपुर ।







प्रतिक्रिया