भूकम्पबाट हुनसक्ने क्षतिलाई कम गर्न सबै स्थानीय तहले एक आपसमा हातेमालो गर्नुपछ : गृहमन्त्री श्रेष्ठ

ठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पबाट हुन सक्ने क्षति रोक्नका लागि तीनै तहका सरकारले एक आपसमा हातेमालो गर्नुपर्ने बताएका छन् । काठमाडौं महानगरपालकाले आज गरेको एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । नेपाल भूकम्पको जोखिम क्षेत्रमा पर्ने भएकाले जोखिम न्यूनीकरणका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच हातेमालो आवश्यक रहेको उनको भनाइ छ ।

संघीय सरकार पालिकाहरुलाई सामर्थवान बनाउन मिलेर काम गर्न तयार रहेको र सबै स्थानीय तहलाई आपतकालीन कार्यसञ्चालनका लागि औजार तथा उपकरण उपलब्ध गराउँदै आएको समेत उनले बताए । विपद् व्यवस्थापनमा खटिने स्वंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको र त्यसमा काठमाडौं महानगरले पनि पहल लिएको भन्दै उनले खुशी व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार