पवित्र तीर्थस्थल देवघाटमा माघेसंक्रान्ति मेला व्यवस्थापनको तयारी पूरा

काठमाडौं । पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला व्यवस्थापनको तयारी पूरा भएको छ । देवघाट क्षेत्र विकास समितिका अनुसार माघेसङ्क्रान्ति मेलाको तयारी पूरा भएको हो । हरेक वर्ष माघेसङ्क्रान्तिका दिन त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाटको वेणीमा स्नान गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।

यस वर्षको माघेसङ्क्रान्तिमा करिब पाँच लाख भक्तजन देवघाट पुग्ने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक तथा माघेसङ्क्रान्ति मेला व्यवस्थापन समितिका सदस्यसचिव सदन बरालले बताए ।

मेलामा नुहाउन र दर्शन गर्न आउने दर्शनार्थीको लागि सवारी रुट, पार्किङ, स्नान स्थल, लगायतका तयारी पुरा भएको छ । पुस मसान्तमा वेणी–सङ्गममा धार्मिक विधिअनुसार लिङ्गो गाडेपछि माघेसङ्क्रान्ति मेला शुभारम्भ हुन्छ । मेला व्यवस्थापनका लागि चितवन, तनहुँ र नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय सरकारलगायतका विभिन्न निकायसँग समन्वय गरिएको माघेसङ्क्रान्तिका दिन रामनगर, ठिमुरा र दासढुङ्गाबाट देवघाट प्रवेश गर्ने र वागीश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार