शिक्षा सुधारको मागसहित प्रदर्शन हुँदा फ्रान्समा कक्षा स्थगित

काठमाडौं । शिक्षा सुधारको माग गर्दै फ्रान्सभर प्रदर्शन चर्किएपछि प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले यो हप्ताको बाँकी अवधिका लागि देशभरका माध्यामिक तहका कक्षा स्थगित गरेका छन् ।

कक्षा स्थगित गर्ने निर्णयबारे लेकोर्नुले विद्यालयमा आगजनी गर्नु शिक्षा सुधारको समाधान नभएको बताएका छन् । उनले कक्षा स्थगनले प्रधानाध्यापक, शिक्षक र विद्यार्थीलाई विद्यालयको अवस्थाबारे आफ्ना चिन्ता राख्दै समाधान खोज्न लोकतान्त्रिक प्रक्रिया अघि बढाउने अवसर दिने बताए ।

मंगलबार सयौँ विद्यालय ठप्प पार्ने प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो । शिक्षक अभाव पूर्ति, लामो लञ्च ब्रेक र विद्यालयको दैनिक समयतालिकामा परिवर्तनलगायत माग राख्दै विभिन्न सहरमा ठूलो संख्यामा विद्यार्थी, अभिभावक र कार्यकर्ता सडकमा उत्रिएका थिए ।

सरकारी अधिकारीका अनुसार प्रदर्शनमा करिब दुई लाख ५० हजार सहभागी थिए । आयोजकहरूले यो संख्या पाँच लाखनजिक रहेको दाबी गरेका छन् । करिब दुई हजार विद्यालय बन्द भएका थिए ।

पेरिसमा प्रदर्शनमा विद्यार्थीबाहेक किसान, ऊर्जा क्षेत्रका कर्मचारी र शिक्षक संघका सदस्यसमेत सहभागी भएका थिए । करिब दुई साताअघि पेरिसबाट सुरु भएको प्रदर्शन देशभर फैलिएको हो । अलजजिरा

प्रतिक्रिया

सम्बन्धित समाचार