कांग्रेसको बन्दसत्र अपराह्न चार बजेबाट

नेपाली कांग्रेसको बन्दसत्र अपराह्न चार बजे सुरु हुने भएको छ ।

नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेशराज आचार्यले अपराह्न चार बजे बन्दसत्र सुरु हुने जानकारी दिए ।

बन्दसत्रले सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पास गर्ने छ ।

त्यसपछि नयाँ नेतृत्व चयनका लागि मतदानको काम बाँकी रहने छ । निर्वाचन कार्यतालिका अनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार