एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौं । एनसेलका ग्राहकहरूले ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा ‘बाइ वान गेट वान’ अफरसहित विशेष छुट पाउने भएका छन् । एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको साझेदारीअन्तर्गत ग्राहकका लागि विभिन्न योजना सार्वजनिक गरिएको हो ।

४९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा ‘बाइ वान गेट वान’ अफर पाउनेछन् । अर्थात् एक जनाको मूल्यमा दुई जनाले सेवा लिन सक्नेछन् ।

यस्तै, एक्लै सेवा लिने ग्राहकले स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवामा २० प्रतिशत छुट पाउनेछन् । यी सुविधा नेपाली नागरिकका लागि मात्र लागू हुनेछन् ।

९९ रुपैयाँदेखि ४९९ रुपैयाँभन्दा कम मूल्यका प्याक वा प्लान प्रयोग गर्ने ग्राहकले स्पा सेवामा २० प्रतिशत छुट पाउनेछन् भने पर्यटकले १० प्रतिशत छुट पाउनेछन् ।

यो सुविधा लिन ग्राहकले एनसेल एपमा रहेको ‘पार्टनर्ड सर्भिस’ मा गई ट्रान्क्विलिटी स्पा छनोट गरेर आधिकारिक आउटलेटमा अफर रिडिम गर्न सक्नेछन् । ग्राहकले खरिद गरेको प्याक वा प्लानअनुसार एपमा उपलब्ध लाभ देखाइनेछ ।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले साझेदारीले कनेक्टिभिटीबाहेक ग्राहकलाई थप मूल्य र सुविधा प्रदान गर्ने कम्पनीको प्रयासलाई प्रतिबिम्बित गर्ने बताए ।

एनसेलका प्रोडक्ट्स डाइरेक्टर ललित शारडा र ट्रान्क्विलिटी स्पाका चिफ अपरेटिङ अफिसर रनिल फैजुले हालै साझेदारीसम्बन्धी सम्झौता आदानप्रदान गरेका थिए । यो सहकार्य एनसेलको पार्टनर इकोसिस्टम विस्तार गर्दै ग्राहकलाई थप लाभ उपलब्ध गराउने निरन्तर प्रयासको हिस्सा भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया