युक्रेनमा रुसको ड्रोन आक्रमण जारी, किभका दुई प्रमुख पुलमा प्रहार

काठमाडौं । युक्रेनको राजधानी किभमा रुसले लगातार चौथो दिन ड्रोन आक्रमण जारी राखेको छ । रुसी सेनाले सहरका महत्त्वपूर्ण दुई पुललाई निशाना बनाएको छ ।

आइतबार बिहान पिवनिच्नी उत्तरी पुलमाथि लगातार दोस्रो दिन आक्रमण भएको र त्यसमा दुईजना घाइते भएको किभका अधिकारीहरूले बताएका छन् ।

यसअघि गत साता पिवदेन्नी दक्षिणी पुलमाथि पनि पटक–पटक आक्रमण गरिएको थियो ।

जर्मन चान्सलर फ्रेडरिक मर्ज युक्रेनप्रति समर्थन जनाउन किभ पुगेकै बेला पछिल्लो आक्रमण भएको हो । रुसले किभसहित युक्रेनका अन्य क्षेत्रमा पनि आक्रमण तीव्र पार्ने घोषणा गरेको छ ।

रुसी रक्षा मन्त्रालयले ती दुवै पुल युक्रेनी सैनिकको आवतजावतका लागि प्रयोग हुँदै आएको दाबी गरेको छ ।

दुवै पुलबाट दैनिक करिब पाँच लाख सवारीसाधन आवतजावत गर्ने बताइएको छ । बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित समाचार