बूढानीलकण्ठको आयोजनामा न्यायिक सम्मेलन सम्पन्न, भीमेश्वरकी उपप्रमुखले गरिन् खुसी व्यक्त

काठमाडौं । बागमतीस्तरीय न्यायिक सम्मेलन सम्पन्न भएको छ । बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा  भएको सो सम्मेलन आज  समापन भएको हो । सम्मेलन हिजो र आज गरी दुई दिनसम्म सञ्चालन भएको थियो ।  सम्मेलनमा बागमती प्रदेशका ११९ वटै स्थानीय तहका न्यायिक समितिका संयोजक अर्थात उपप्रमुख र उपाध्यक्षको सहभागिता थियो ।

सम्मेलन आयोजक बूढानीलकण्ठ नगरप्रमुख मीठाराम अधिकारीले स्थानीय तहमा न्यायिक क्षेत्रमा अझ प्रभावकारिता बढाउनका लागि आफूहरुले बागमती प्रदेशस्तरीय न्यायिक सम्मेलनको आयोजना गरेको बताए ।

त्यसैगरी उपप्रमुख अनिता लामाले न्यायिक क्षेत्र समाजको अधिक सम्वेदनशील क्षेत्र भएकाले प्रभावकारितालाई यस सम्मेलनले अझ मलजल गर्ने जानकारी दिइन् । साथै उनले सम्मेलनमा सहभागी सम्पूर्णलाई धन्यवाद पनि दिइन् ।

सम्मेलनमा सहभागी दोलखा भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतले आयोजक बूढानीलकण्ठ नगरपालिकालाई धन्यवाद दिँदै  सम्मेलनले स्थानीय तहमा न्यायिक क्षेत्रको प्रभावकारिता बढाउन अझ उत्प्रेरणा मिलेको बताइन् । कार्यक्रममा अनुभव साटासाटबाट प्राप्त सिकाइ अझ महत्वपूर्ण रहेको उनको अनुभव छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार