कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकेको हो ।

समितिका अनुसार केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दिने महाधिवेशन प्रतिनिधिहरूले काठमाडौंस्थित राष्ट्रियसभा गृहमा मनोनयनपत्र दर्ता गर्नुपर्नेछ ।

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ । महाधिवेशनका लागि आवश्यक तयारीलाई कांग्रेसले अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार