स्वास्थ्यकर्मीमाथि हातपात गर्ने पक्राउ

काठमाडौैं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकास्मिक कक्षका स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्ने तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा कीर्तिपुरका रामकुमार बुढाथोकी, सोही ठाउँका आयुष बुढाथोकी र सचिन बुढाथोकी छन् । जिल्ला प्रहरी परिसरको टोलीले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो ।

पक्राउ परेका आरोपीहरूले असोज १४ गते राति अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षागार्डमाथि समेत अभद्र व्यवहार तथा हातपात गरेका थिए ।

पक्राउ परेकाहरूलाई प्रहरीले अभद्र व्यवहार कसुरमा पाँच दिनको म्याद थप गरेको परिसरका प्रवक्ता एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार