काठमाडौं । बागलुङमा माटोको ढिस्कोले पुरिँदा दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।
निसीखोला गाउँपालिका–३, बोहोरागाउँमा सडक स्तरोन्नतिका क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई कामदारको मृत्यु र एकजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
सोमबार (असोज १९) बिहान करिब ७ः२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु१क ३४४६ नम्बरको जेसीबीले बाटो खन्ने क्रममा अचानक माथिबाट ढिस्को खस्दा कामदार पुरिएका हुन् । ढिस्कोले पुरिएर सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उद्धार गरी उनलाई बुर्तिबाङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया