संयुक्त राष्ट्रसंघका महासचिव किन जाँदैछन् पाकिस्तान ?

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पाकिस्तान पुगेका छन् । तीन दिने भ्रमणका लागि उनी इस्लामाबाद पुगेको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।

तीनदिने भ्रमणका क्रममा उनले प्रधानमन्त्री शहबाज शरिफ, विदेशमन्त्री मोहम्मद इशाक दरलाई भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रसंघका अनुसार गुटेरेसले त्यहाँ इरान युद्ध अन्त्यका लागि भइरहेका कूटनीतिक पहलबारे जानकारी लिनेछन् । ”यस भ्रमणमा वार्ता संवादमा पाकिस्तानको रचनात्मक भूमिकाबारे छलफल हुनेछ,” राष्ट्रसंघको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार