प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपतिको पुत्ला दहन

काठमाडौं । विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरिएको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु आरआर क्याम्पस कमिटीले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्लायात्रा निकालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको पूर्वसन्ध्यामा राष्ट्रपतिले अघिल्लो सदनले थाती छाडेको नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

सो विधेयक प्रमाणीकरणसँगै राष्ट्रपति र प्रधानमन्त्रीको चौतर्फी विरोध भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार