काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूलाई अरु मन पराएको वा नपराएको भन्ने कुरा थाहा नपाएको भनी टिप्पणी गरेका छन् ।
केही दिनअघि अध्यक्ष नेपालले आफू प्रधानमन्त्री बन्न लागेकोमा कसैको मन भत्भती पोलेको टिप्पणी गरेको अभिव्यक्तिप्रति इंगित गर्दै ओलीप्रति यस्तो टिप्पणी गरेका हुन् ।
शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘अहिले पनि तपाईंहरुले देखिराख्नुभएको छ, एक जना मान्छे कराउँदै हिँडेका छन्, मलाई प्रधानमन्त्री हुन आँट्यो भनेर केही मान्छेलाई पीर प¥या छ, पोल्या छ भत्भत भनेर, कता प्रधानमन्त्री हुन आँटेको हो ? म त कहीँ पनि देख्दिनँ, उनलाई आफैंलाई त्यस्तो लागिरहेको छ, प्रधानमन्त्री हुन आँटे भन्ने । अरुले मन पराएका छैनन् भन्ने कस्तो थाहा नपाएको सो क्रममा उनले भने, मलाई अचम्म लाग्छ, किन त्यस्तो हतार छ? कसले रिस गर्यो ? किन रिस गर्यो ? हामी अहिले एउटा अभियानमा छौं, यो देश प्रधानमन्त्री हुनमात्रै हो, प्रधानमन्त्री हुन हर्याकहर्याक दमको बिरामीले जस्तो गर्दैछन् । प्रधानमन्त्री, प्रधानमन्त्री भन्छन् । मलाई पनि भनिएको थियो, प्रधानमन्त्रीको समय बाँडिचुँडी खाऔं भनेर । मैले भनें, म प्रधानमन्त्रीको लागि होइन, गठबन्धन ढल्यो, खरानीको डल्लो थियो, फुट्यो । अब सरकार चलाएर देश बनाएर जनताको समस्या समाधान गर्नतिर लाग्नुपर्यो ।’



प्रतिक्रिया