काठमाडौं । काठमाडौंको माइतीघरमा जारी निषेधाज्ञा हटाउन माग प्रदर्शन भएको छ ।
प्रदर्शनकारीले सत्ता तिमीहरुको सडक नागरिकको, माइतीघरको निषेधाज्ञा खारेज गर्, निशेधित लोकतन्त्र चाहिँदैन, लोकतान्त्रिक स्थानलाई नखुम्च्याऊजस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् । यसअघि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई गत मंसिर ४ गते निषेधित क्षेत्र घोषणा गरेको थियो ।
युवा संघले र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले ७ मंसिरमा माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने छुट्टा छुट्टै घोषणा गरेपछि उनीहरुलाई प्रदर्शन गर्नबाट रोक्न लगाइएको निषेधाज्ञा प्रशासनले अहिलेसम्म लम्ब्याएको छ । यस्तै आन्दोलनकारीले यसअघि माइतीघरमा नेताहरुले आन्दोलन गरेका तस्वीर प्रदर्शनसमेत गरेका छन् ।



प्रतिक्रिया