काठमाडौं । चीनले नेपालतर्फको उच्च हिमाली भेगमा रहेको हिमनदी भत्किएर चीन र नपालको सीमावर्ती क्षेत्र केरुङमा बाढी आएको बताएको छ ।
शुक्रबार नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बुधबार नेपाल र चीनको सीमावर्ती क्षेत्रमा आएको बाढीबारे यस्तो बताएका हुन् ।
पत्रकार सम्मेलनमा लिनले दुवै देशका विज्ञ तथा सम्बन्धित आधिकारिक निकायहरूको प्रारम्भिक अध्ययनले यही संकेत गरेको जानकारी दिएका छन् ।
लिनले भने, “चीन र नेपालका विज्ञ तथा आधिकारिक संस्थाहरूले विपद्को कारणबारे प्रारम्भिक मूल्यांकन गरेको हामीले ध्यान दिएका छौँ । उहाँहरूको विश्लेषणअनुसार, नेपालतर्फको उच्च उचाइमा रहेको हिमनदी खसेका कारण यो विनाशकारी विपद् सुरु भएको हुन सक्छ ।”



प्रतिक्रिया