नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसुवामा आएको विनाशकारी बाढीका कारण पीडामा परेको नेपाललाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका छन् ।

ट्रम्पले अमेरिकी प्रशासनले नेपालका नेतृत्वसँग सम्पर्क गरिरहेको र विपद्मा आवश्यक सहयोगका लागि तयार रहेको बताएका हुन् ।

अमेरिकी समाचार संस्था एनबीसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजना भएको समारोहपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले नेपाललाई सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अमेरिकाले नेपाललाई पाँच हजार डलरबराबरको सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार