काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण क्षति पुगेका परिवार तथा पीडितका लागि नाडा अटोमोबाइल्स एशोसिएशनक अफ नेपालले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
नाडाले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ पठाउने निर्णय भएको जनाएको छ ।
हाल नाडा अटो शो जारी छ । अटो शो जारी भएकै समयमा विपदको घटना घट्यो । आर्थिक गतिविधिलाई चलायमान राख्दै विपदसँग जुध्नुपर्ने अवस्था आएकाले नाडा अटो शो निरन्तर रहने पनि नाडाले जानकारी दिएकाे हाे ।
यो विपदको बेलामा हातेमालो गर्दै आर्थिक गतिविधिलाई पनि सँगसँगै चलायमान बनाउन नाडाले अपिल समेत गरेको छ ।


प्रतिक्रिया