बाढी प्रभावितका लागि म्याक्सस नेपालको ७० लाख सहयोग

काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गतको म्याक्सस नेपालले बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

म्याक्सस नेपालले चीनको AIC MAXUS Automotive सँगको समन्वयमा उक्त सहयोग गर्ने निर्णय गरेको हो।

घोषित रकममध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिने र २० लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री खरिद गरी बाढी प्रभावित क्षेत्रमा वितरण गरिने कम्पनीले जनाएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गर्ने मिति तथा राहत सामग्री वितरणसम्बन्धी थप विवरण तयारी पूरा भएपछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार