थापालाई १५औँ महाधिवेशन प्रक्रिया अघि बढाउन अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।

पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिएको पुरक निवेदनमा सर्वोच्चले नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न आवश्यक नरहेको भन्दै १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चमा मंगलबार (भदौ ९) मा भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीशहरु डा.नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले देउवा र खड्काको माग विपरीत अन्तरिम आदेश जारी भएको छ ।

यसअघि गत वैशाख ४ गते सर्वोच्चका न्यायाधीश शारङगा सुवेदी र नृपध्वज निरौला संलग्न संयुक्त इजलासले निर्वाचन आयोगको निर्णय बदर गर्नुपर्ने अवस्था नरहेको आदेश दिएको थियो ।

उक्त आदेशमा निवेदक देउवा, खड्का तथा विपक्षीहरुलाई कुनै काम कारवाही वा निर्णय गर्न आदेश वा निर्देश गरेको अवस्था नदेखिएको उल्लेख छ ।

अदालतले प्रथम दृष्टिमै देउवा खड्काको माग अस्वीकार गरेपछि गगन थापाको विजयका रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार