वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाका फरारलाई सम्पर्कमा आउन आग्रह

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाका फरार आरोपितहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

विभागले सूचना जारी गर्दै वैदेशिक रोजगारसम्बन्धी ठगी तथा अनियमितताबाट पीडित नागरिकलाई न्याय दिलाउन यस्तो सूचना निकालिएको जनाएको छ ।

विभागले पक्राउ पुर्जी जारी भएका तर हालसम्म सम्पर्कमा नआएका यस्ता व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको हो ।

तोकिएको अवधिभित्र सम्पर्कमा नआएमा प्रचलित कानुनबमोजिम यात्रा अनुमति तथा बैंकिङ कारोबार रोक्का लगायतका कारबाही अघि बढाइने सूचनामा उल्लेख छ ।

वैदेशिक रोजगारका नाममा हुने झुटा आश्वासन, अनधिकृत रकम असुली, नक्कली मागपत्र तथा करारसम्बन्धी अनियमितताले श्रमिक र तिनका परिवारलाई आर्थिक तथा सामाजिक असर पार्ने गरेको विभागले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार