मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सोमबार (कात्तिक ९)देखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटको व्यावसायिक विकास, प्रतिभाशाली खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलकुदलाई आर्थिक गतिविधिसँग जोड्ने महत्त्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको छ ।

यसैबीच, एनपीएलको तेस्रो संस्करणका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आधिकारिक लिस्ट ‘ए’ टी–२० मान्यता प्रदान गरेको छ ।

यस मान्यतासँगै प्रतियोगितामा खेलाडीहरूले बनाउने रन, लिने विकेट तथा व्यक्तिगत प्रदर्शन आधिकारिक टी–२० तथ्यांकमा समावेश हुनेछन् । यसले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय रूपमा आफ्नो क्षमता प्रदर्शन गर्न र आधिकारिक तथ्यांकमा आधारित खेल जीवनको अभिलेख निर्माण गर्न थप अवसर प्रदान गर्नेछ ।

साथै, जनकपुर बोल्ट्स एनपीएल पहिलो संस्करणको विजेता टोली हो । जनकपुर नेपाली क्रिकेटमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्ने सफल टोली हो । पहिलो संस्करणको च्याम्पियनका रूपमा प्राप्त सफलताले टोलीलाई नेपाली क्रिकेटप्रेमीहरूमाझ लोकप्रिय बनाउनुका साथै मधेस प्रदेशको खेलकुद पहिचानलाई समेत थप उजागर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार