आज कुन-कुन स्थानमा छ हावाहुरी आउने सम्भावना ?

काठमाडौं । देशका केही स्थानमा आज हावाहुरीको सम्भावना छ । केही भूभागमा वर्षाको सम्भावना रहँदा केही स्थानमा हावाहुरीको सम्भावना रहेको हो ।

कोसीदेखि गण्डकी प्रदेशसम्म हावाहुरीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा अपराह्नपछि हावाहुरीको सम्भावना छ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मुख्यतया सफा रहनेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार