काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) एक्लो नरहेको बताएकी छन् । सोमबार (साउन २५) प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीले सत्य स्वीकार, राजनीतिक संवाद गर्ने गरे प्रतिपक्षले साथ दिने बताइन् ।
“प्रधानमन्त्रीजी नडराउनुहोस्, तपाईं एक्लो हुनु हुन्न । तपाईंको साथमा प्रतिपक्ष छ,” सांसद काउचाले भनिन्, “सत्य स्वीकार गर्नुहोस् । गलत भएका छन् भन्ने सच्याउने साहस देखाउनुहोस् ।”
उनले आफू पुस्ताको प्रधानमन्त्रीसँग आफ्ना पनि धेरै आशा र अपेक्षा रहेको बताइन् । युवा प्रधानमन्त्रीलाई असफल हुने छुट नरहेकामा उनले जोड दिइन् ।




प्रतिक्रिया