कांग्रेसमा एकताको विकल्प छैन : शेर्पा

काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले पार्टी एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

विशेषमहाधिवेशनपश्चात् सभापति थापा र देउवा समूहबीचको विवाद उत्कर्षमा पुगेका बेला शेर्पाले यस्तो बताएका हुन् । विगतका तितामिठा कुरा भुलेर वर्तमान नेतृत्वलाई सहयोग गरेर १५औँ महाधिवेशनमा जान दुवै तर्फलाई उनले प्रस्ताव गरेका छन् ।

अहिले देखिएको अदालती झन्झट र आपसी वैमनस्यता बिर्सेर आगामी निर्वाचनमा जानुपर्नेमा उनको जोड छ । पार्टी विवादमुक्त भए स्थानीय र प्रदेश तहको निर्वाचनमा कांग्रेस पार्टी पहिलो उनले हुने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार