राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले सरकारले सुकुमबासीहरूलाई जग्गा वितरण गरेको भनी गरिरहेको प्रचारलाई स्टन्टबाजीको संज्ञा दिएका दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद भाटले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिकाको उदाहरण दिँदै वर्षौँदेखि भोगचलन गर्दै आएको गाउँ ब्लकको जग्गालाई सुकुमबासीलाई बाँडिएको जग्गाको रूपमा झुटो प्रचार गरिएको बताए ।
सांसद भाटले रुपन्देहीमा हालै वितरण गरिएको लालपूर्जा सुकुमबासीलाई नभई गाउँ ब्लक र गाउँ धुरीका बासिन्दाहरूलाई दिइएको स्पष्ट पारे । ‘त्यहाँ जमिन्दारदेखि गरिबसम्म सबैका जग्गा छन्, जुन दुई वर्ष अघिदेखि नै वितरण सुरु भएको थियो,’ उनले भने, ‘अहिलेको सरकारले त्यसैलाई ठुलो उपलब्धि देखाएर सुकुमबासीको जग्गा बाँडेको भन्दै व्यापक प्रचार गरिरहेको छ, जुन सरासर झुटो हो ।’



प्रतिक्रिया