काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ ।
रास्वपाका अनुसार कार्यक्रमअन्तर्गत सरकारमा सहभागी पार्टीका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नेछन् । यसमार्फत नागरिकका समस्या, गुनासा, अपेक्षा र सुझावलाई राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म जोड्ने उद्देश्य राखिएको छ ।



प्रतिक्रिया