लाभाशं घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक

काठमाडौं । कामना सेवाविकास बैंक लिमिटेडले आ.व. २०८२÷२०८३ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभाशं घोषणा गरेको छ ।

बैंकले अग्राधिकार शेयरधनीहरुलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिबाट असार मसान्त, २०८३ सम्म अनुपातिक रुपमा ९ प्रतिशतर साधारण शेयरधनीहरुलाई १५ प्रतिशतनगदलाभाशं (कर समेत)घोषणा गरेको हो ।

उक्तलाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २० औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात् शेयरधनीहरुले प्राप्त गर्नेछन् । गतवर्ष बैंकले बोनस शेयर र नगदलाभांश गरी जम्मा १५.७८९५ प्रतिशतलाभाशं वितरण गरेको थियो ।

बैंकको मिति २०८३ साउन २२ गते शुक्रबार दिनको ४ बजे बैंकको केन्द्रीयकार्यालयमा बसेको सञ्चालक समितिको ४१९ औं बैठकले उक्त प्रस्तावपारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार