बाल यौन दुराचारमा रामबहादुर बम्जन दोषी ठहर

काठमाडौं ।  आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका हुन् ।  जिल्ला अदालत, सर्लाहीले सोमबार उनलाई दोषी ठहर गरेको हो । तर, उनले कति सजय भोग्नुपर्ने हो सोबारे यकिन भने भएको छैन ।

यसअघि रामबहादुर बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुढानिलकण्ठबाट पक्राउ गरेको गरेको थियो ।  उनीमाथि यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप लागेको थियो। उनीविरूद्ध पाँच परिवारले उजुरी दिएका थिए। आफ्नो आश्रममा बस्दै आएका तीन जना युवती र दुई युवालाई बेपत्ता पारेको उजुरी विभिन्न प्रहरी कार्यालयमा दर्ता भएको थियो।

उनीविरूद्ध गंगामायाले बलात्कारको जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित समाचार