काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेरामक्स र एनसेल प्रकरणका दोषी उम्किन नसक्ने बताएकी छन् ।
बिहीबार संसद्मा सुरक्षण मुद्रण विधेयकसम्बन्धी छलफलमा सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएकी हुन् ।
टेरामक्स र एनसेल प्रकरणमा सरकारले छानबिन समिति बनाएको र छानबिन समितिको प्रतिवेदनअनुसार नै काम भइरहेको उनको भनाइ छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि टेरामक्स प्रकरणमा छानबिन गरिरहेको छ।
संसदको लेखा समितिले टेरामक्समा प्रविधि खरिद प्रक्रियाका बारेमा थप अनुसन्धान गरी कानुनबमोजिम अभियोजन अघि बढाउन अख्तियारलाई निर्देशन दिएको थियो।




प्रतिक्रिया