बजेटप्रति ओलीको असन्तुष्टि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा नेकपा एमाले समाहित सरकारले ल्याएको बजेटप्रति यस्तो टिप्पणी गरेका हुन् ।

सो क्रममा उनले सरकारमा रहेका दलहरुबीच सल्लाह गरेर बजेट ल्याएको भए राम्रो हुने बताए ।

‘यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर छलफल गरेर आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो ।

छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ । रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको जस्तो देखिन्छ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार