आइसीसी यु–१९ विश्वकप:सुपर सिक्समा नेपाल भारतबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यु–१९ विश्वकप अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग प्रतिष्पर्धा गर्दैछ । खेल नेपाली समयानुसार दिउँसो पौने २ बजेबाट शुरु हुनेछ ।

नेपालले यसअघि पहिलो सुपर सिक्सको खेलमा बंगलँदेशसँग ५ विकेटको हार व्यहोरेको थियो । समूहचरणमा भने न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित नेपाल अफगानिस्तानसँग विजयी हुँदै सुपर सिक्समा पुगेको हो ।
भारतले भने समूहचरण र सुपरसिक्सको एक खेल जित्दै हालसम्म विश्वकपमा अपराजित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार