काठमाडौं । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत नेपाली जुडो खेलाडी पूनम श्रेष्ठ पहिलो चरणमै पराजित भएकी छन्।
बिहीबार आइची अन्तर्राष्ट्रिय एरिनामा भएको महिला ७० केजीमुनिको तौल समूहको खेलमा पूनम भारतीय खेलाडी इनुन्गाबी टाखेललाम्बामसँग इप्पोनका आधारमा पराजित भएकी हुन्।
पूनमको पराजयसँगै जुडोमा नेपालको पाँच खेलाडीको चुनौती समाप्त भएको छ। यसअघि महिला ४८ केजीमुनि निशा श्रेष्ठ हङकङकी वोङ कालीसँग इप्पोनका आधारमा पराजित भएकी थिइन्। यस्तै, ५२ केजीमुनि देवकीमाया श्रेष्ठ भियतनामकी लाम थि ग्गान हासँग युकोका आधारमा हारेकी थिइन्।
पुरुषतर्फ ६६ केजीमुनि विशेष विक हङकङका वोङ काकीसँग वाजा अरीका आधारमा पराजित भएका थिए। सोही तौल समूहमा विकास विक उज्वेकिस्तानका खुचकरोभ समारिदिनसँग इप्पोनका आधारमा पराजित भए।
अब नेपालका लागि पुरुष ९० केजीमुनि सुजन गुरुङले प्रतिस्पर्धा गर्न बाँकी छ। त्यसपछि मिक्स टिमतर्फ पनि नेपालको सहभागिता रहनेछ।






प्रतिक्रिया